सिचुआन प्रान्तको तियानक्वानमा पहिरो : कयौ बेपत्ता, चार जनाको उद्धार
अन्तराष्ट्रिय
BusinessSarokar
|
२७ मंसिर २०८२, शुक्रबार
काठमाडौं– दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको तियानक्वान काउन्टीमा भारी वर्षाका कारण आइतबार बिहान गएको पहिरोमा धेरै मानिस बेपत्ता भएका छन्। आइतबार बिहान १०ः२० बजेसम्म चार जनालाई उद्धार गरिएको छ।
तियानक्वानको आपत्कालीन व्यवस्थापन मुख्यालयका अनुसार उद्धार गरिएका मध्ये दुई जना सामान्य घाइते भएका छन् भने अर्का एक जना अचेत अवस्थामा छन्। त्यसै गरी अर्का एक जना भने उद्धारका क्रममा स्थिर अवस्थामा पाइएका छन्।
तियानक्वानको प्रशासन हेर्ने यान सिटीको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार ती चार जना स्थानीय निर्माण स्थलको अस्थायी छाप्रोभित्र थिए।
आइतबार बिहान पहिरोमा परी मानिस बेपत्ता भएको खबर पाएपछि प्रान्तले विभिन्न सहरबाट १ सयभन्दा बढी मानिसलाई उद्धारका निम्ति तियानक्वान पठाइएको छ।
सम्बन्धित खबर
इरानी परमाणु वैज्ञानिकको हत्या रिमोर्ट कन्ट्रोल मेसिनगनबाट : रिपोर्ट
२७ मंसिर २०८२, शुक्रबार
नौ करोडको कोकिनसहित तीन विदेशी पक्राउ
२७ मंसिर २०८२, शुक्रबार
युक्रेन युद्धपछि ‘डार्क मनी’को व्यापक खोजी हुँदै
२७ मंसिर २०८२, शुक्रबार
