नबिलका २ फण्डको लाभांश सुरक्षीत गर्ने आज अन्तिम दिन
१० असोज, काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको व्यवस्थापन तथा नबिल म्युचुअल फण्डद्धारा सञ्चालित नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्सड फण्ड २ को सुरक्षीत गर्ने आज अन्तिम दिन हो । भोलीबाट कम्पनिले बुकक्लोज गर्ने भएको हुदा आजसम्म कायम ईकाईधनीहरुले मात्र लाभांश पाउने छन ।
दुबै फण्डको प्रतिफल अर्थात नगद लाभांश वितरण गर्ने प्रयोजनका लागि असोज ११ गते सोमबार इकाईधनी दर्ता किताब अर्थात बुक क्लोज गर्ने निर्णग गरेको छ । तसर्थ आजसम्म कायम शेयरधनीले मात्र उक्त फन्डका प्रतिफाल पाउनेछन ।
नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको भदौ २२ गतेको सञ्चालक समितिको बैठकले नबिल ब्यालेन्स्ड फण्ड २ को लागि कर समेत ३५ प्रतिशत र नबिल इक्वीटी फण्डको लागि कर समेत ४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । नबिल ब्यालेन्स्ड फण्ड सञ्चालनका लागि ११ करोड २० लाख इकाई र नबिल इक्वीटी फण्डले १२ करोड ५० लाख इकाई जारी गरेको थियो ।
सम्बन्धित खबर
मिटरब्याजसँग जोडेर लघुवित्तमाथि प्रहार हुन गलत – सांसद भगवती चौधरी
१९ मंसिर २०८२, बिहीबार
विदेशी विनिमय सङ्कट बढेपछि श्रीलङ्काका केन्द्रीय बैंक प्रमुखले दिए राजीनामा
१९ मंसिर २०८२, बिहीबार
सर्वोच्चद्धारा इन्भेष्टमेण्ट मेगा बैंकका सीईओ पक्राउ गर्नुको कारण माग
१९ मंसिर २०८२, बिहीबार
