आजदेखि अग्रिम टिकट बुकिङ, कहाँ जान कति भाडा ?(भाडादरकाे सूचीसहित)
काठमाडौँ – काठमाडौँबाट दशैँमा घर जानको लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । सरकारले यातायात व्यवसायीसँग छलफल गरेर आजदेखि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेको हो।
नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ । ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ११ वटा ‘टिकट काउन्टर’ थप गरेको हो ।
नयाँ बसपार्कबाट देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक गाडी आवतजावत गर्दै आएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर काठमाण्डौका विभिन्न १४ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । सहायता कक्षमा काठमाण्डौबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्नेछ ।
कहाँ जान कति भाडा ?
सरकारले देशभर लागू हुने गरी सार्वजनिक यातायातमा नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयनमा आएको जनाएको हो ।
छोटो, मध्यम र लामो दूरीको छुट्टाछुट्टै भाडादर कायम गरिएको छ । विभागले देशभरका कुल २ सय ८६ रुटको भाडादर समायोजन गरेको छ । विभागले यात्रुवाहक यातायातमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २६ प्रतिशत भाडा बढाएको छ ।
सूची :
सम्बन्धित खबर
ऋण नतिर्ने छुट कसैलाई छैन : राष्ट्र बैंक
१९ मंसिर २०८२, बिहीबारग्राहकहरुलाई सिटी सेन्टरका व्यवसायीहरुले सामानमा ५० प्रतिशतसम्म छुट दिने
१९ मंसिर २०८२, बिहीबार
एटिएम ह्याक गरी पैसा चोर्ने घटना बढ्दै, सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह
१९ मंसिर २०८२, बिहीबार
