मध्य भोटेकोशीको ९० लाख कित्ता शेयर असाेज २० गने खुल्ने

Heading1 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडौं – मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि यही असोज २० गतेदेखि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ।

कम्पनीको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरमा कुल ९० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले यसअघि सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको पहिलो चरणको शेयर सोमबार बाँडफाँड सम्पन्न गरेको छ।  जसमा आयोजना प्रभावितले अधिकतम १९० कित्ता र अन्य जिल्लाबासीले ५० कित्तासम्म शेयर पाएका छन्।

दोस्रो चरणमा सर्वसाधारणका लागि जारी हुने शेयर खरिदका लागि लगानीकर्ताले असोज २० गतेदेखि असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन्।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp