क्यापिटलको ‘महा-सेयर लगानी महोत्सव’ योजना

Heading2 BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

काठमाडौं- एनआईसी एसिया क्यापिटलले चाडपर्व तथा सेयर बजारमा आउने लगानीको अवसरलाई लक्षित गर्दै ‘महा-सेयर लगानी महोत्सव’ योजना ल्याएको छ ।

यस अन्तर्गत धितोपत्र तथा मुद्रा बजारमा उपलब्ध हुने उपकरणहरुलाई एकमुष्ट लगानी गर्ने योजना समावेश गरिएको कम्पनीले जनाएको छ ।

उक्त योजनाअन्तर्गत लगानी व्यवस्थापन सेवा लिने ग्राहकले उत्कृष्ट सेवाहरु निःशुल्क रुपमा प्राप्त गर्ने कम्पनीको भनाइ छ ।

महा-सेयर लगानी महोत्सव योजनाअन्तर्गत सेवाग्राहीहरुले पहिलो वर्ष निःशुल्क लगानी व्यवस्थापन सेवा, वार्षिक तथा अर्धवार्षिक रुपमा मुनाफा निःशुल्क निकाल्न सकिने, दोस्रो वर्षदेखि एक्जिट शुल्क नलाग्ने, एउटै परिवारका तीनजना सदस्यसम्मका लागि पहिलो वर्ष निःशुल्क रुपमा डिम्याट तथा मेरो सेयर खाता जस्ता सुविधा प्रदान गरिने कम्पनीले जानकारी दिएको छ।

यसैगरी लगानी व्यवस्थापन सेवाग्राहीहरुलाई निःशुल्क रुपमा आईपीओमा आवेदन गरिदिने सेवा, तीन लाखदेखि पाँच लाख रुपैयाँसम्मको दुर्घटना बिमा, लगानी व्यवस्थापन सेवा र इनकम ग्यारेन्टेड फण्डलाई एकमुष्ट गरेरसमेत सेवा प्राप्त गर्ने तथा एनआईसी एसिया क्यापिटलले बजारमा आउने उतारचडावलाई मध्येनजर गर्दै लगानीमा हुने जोखिम न्यूनीकरण गर्नका लागि सिस्टम इन्भेस्टमेण्ट प्लान सेवासमेत प्रदान गर्ने जनाएको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp