सनराइज बैंकको नयाँ योजना ‘सनराइज पेरोल लोन’ : १५ लाखसम्म बिनाधितो कर्जा पाइने
Heading2
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौँ- सनराइज बैंकले विभिन्न संघसंस्था तथा कार्यालयमा कार्यरत कर्मचारीलाई लक्षित गरी ‘सनराइज पेरोल लोन’ योजना ल्याएको छ।
यस योजनाअन्तर्गत सनराइज बैंकमा ‘सनराइज पेरोल सेभिङ्स अकाउन्ट’ भएका कुनै पनि ग्राहकले बिनाधितो रु. १५ लाखसम्मको कर्जा लिन सक्नेछन्। योजनाअनुसार ग्राहकले अधिकतम २४ महिनाको तलब अथवा रु. ५ लाखसम्मको ओभरड्राफ्ट र रु. १० लाखसम्मको टर्म लोन गरी अधिकतम रु. १५ लाखसम्मको कर्जा लिन सक्नेछन्।
कर्जा लिन ग्राहक कुनै पनि संस्थाको कर्मचारी हुनुपर्नेछ। उक्त कर्जा ५ वर्षसम्मका लागि प्रदान गरिनेछ।
यसका साथै सनराइज बैंकले आफ्नो १४ औँ वार्षिकोत्सव र दसैँका अवसर पारेर मुद्दति खातामा सर्वाधिक १०.०७ प्रतिशतसम्मको ब्याज दिनेसमेत व्यवस्था गरेको छ।
सम्बन्धित खबर
अन्ततः एमाले फुट्यो, माधव नेपाल समुह दल दर्ता गर्न निर्वाचन आयोग पुग्यो
१९ मंसिर २०८२, बिहीबार
सुदूरपश्चिममा एमालेका दुई मन्त्रीले दिए राजीनामा
१९ मंसिर २०८२, बिहीबार
प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य
१९ मंसिर २०८२, बिहीबार
