बैंक अफ काठमाण्डू लिमिटेडको कार्ड बाहक महानुभावहरुलाई स्मार्ट दशैं अफरमा २०% सम्मको नगदफिर्ता

Heading1 BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

काठमाडौँ – बैंक अफ काठमाण्डू लिमिटेडको कार्ड बाहक महानुभावहरुलाई स्मार्ट दशैं अफरमा २०% सम्मको नगदफिर्ता पाउने भएका छन् ।

बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले स्मार्टडोकोको स्मार्ट दशैं अफरमा २०५ सम्म नगदफिर्ता पाउने भएका हुन् । नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरी स्मार्ट डोकोले २०७८ साल असोज १४ गतेबाट संचालनमा ल्याएको स्मार्ट दशैं अफरमा बैंकको कार्डबाहक महानुभावहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २०५ सम्म नगदफिर्ता पाउन सक्नुहुनेछ ।

बैंकको कार्डबाहक महानुभावहरुले यस अफरबाट आफुलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गर्नुभएमा २०५ वा अधिकतम रु।१,५०० सम्म नगदफिर्ता पाउनेछन् भने स्मार्ट दशैं अफरमा बैंकको कार्डबाहक महानुभावहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २०५ सम्म नगदफिर्ता सहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सकिनेछ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp