विराटनगर र धनगढीमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम

Heading2 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडौं- महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले युवाहरुबीच बिमासम्बन्धी जनचेतना ल्याउने उद्देश्यले विराटनगर र धनगढीमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ।

विराटनगरमा भएको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा जागरण अभियानका केन्द्रीय सदस्य सरोज पौडेलले कार्यक्रमको महत्त्वबारे प्रकाश पारेका थिए।

कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमला र उपक्षेत्रीय प्रमुख हिरा निरौलाले सहभागी युवाहरुलाई प्रशिक्षण दिएका थिए। कार्यक्रमपछि एजेन्सी मेनेजर खडकनारायण उडाउको संयोजकत्वमा २१ सदस्यीय बिमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटी गठन गरिएको कम्पनीले जनाएको छ।

त्यसैगरी आजै धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमीमा पनि बिमा जागरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रमुख हर्कबहादुर बोहराले बिमा जागरणको महत्त्वबारे प्रकाश पारेका थिए। कार्यक्रममा ८० जना विद्यार्थीको सहभागिता रहेको थियो।

सहभागीहरुलाई कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले प्रशिक्षण दिए।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp