साहस उर्जाको आईपीओ आज बाँडफाँट हुँदै
Heading2
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं– साहस उर्जा लिमिटेडको आईपीओ आज (आइतबार) बाँडफाँट हुने भएको छ। कम्पनीले असोज ६ गतेदेखि १० गतेसम्म सर्वसाधारणको लागि सेयर निष्कासन गरेको थियो।
आइतबार बिहान ९ बजे आईपीओ बाँडफाँट हुने कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ।कम्पनीको सेयरको प्रिअलटमेन्ट शुक्रबार गरिएको थियो।
कम्पनीको आईपीओमा २४ लाख ७४ हजार ४३६ आवेदकबाट ३ करोड ४४ लाख ९८ हजार ३९० कित्तासेयर माग भएको छ। यो सर्वसाधारणलाई निष्कासन गरेको ६४ लाख ४० हजार कित्ता सेयरको ५.३५ गुण बढी हो।
कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता सेयर निष्काशनमा ल्याएको थियो। त्यसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ६४ लाख ४० हजार कित्ता सेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ।
सम्बन्धित खबर
सफलता चुम्ने कसरी ? (यस्ता छन् धनाढ्य व्यक्तिले अपनाएका गोप्य सुत्रहरु)
१९ मंसिर २०८२, बिहीबार
दशैं तिहारका लागि सपिङ गर्दै हुनुहुन्छ ? एलजी ब्राण्डले ल्याएको छ करोडभन्दा बढी उपहार !
१९ मंसिर २०८२, बिहीबार
विराटनगरको कञ्चनबारीमा सानिमा बैंकको नयाँ शाखा
१९ मंसिर २०८२, बिहीबार
