रनवेबाट चिप्लियो श्री एयरलाइन्सकाे विमान
Heading3
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं– त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ।
जहाज मंगलबार बिहान ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर पुगको विमानस्थल कार्यालयले जनाएको छ।
विमानले धावन मार्ग अवरोध नगरेका कारण अन्य उडान नरोकिएको विमानस्थल प्रहरीका एसएसपी राजेशनाथ बास्तोलाले बताए।
काठमाडौबाट नेपालगन्जका लागि उडान भर्ने तयारी गरेकाे विमान चिप्लिएकाे हाे। उडानको लागि पार्किङ वेबाट रन वे तर्फ जाँदै गर्दा ट्याक्सी वे मा चिफ्लिएको हो।
अहिले विमानमा खराबी भए नभएको परिक्षण हुँदै छ।
