न्युरोडका ५ पसललाई जरिवाना

Heading3 BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं न्युरोडका पाँचवटा पसललाई कारबाही गरेको छ।

नियमानुसार सञ्चालन नभएको पाइएपछि न्युरोडको खिचापोखरीका पाँच पसललाई विभागले कारबाही गरेको हो। कारबाहीमा परेका तीन वटा पसलले दर्ता नै नगरी पसल सञ्चालन गरेको पाइएपछि विभागले १५/२० हजार रुपैयाँका दरले कारबाही गरेको विभागका निरीक्षण अधिकृत अमितकुमार झाले बताए।

नियमानुसारको मापदण्ड पालना नगरेका दुई वटा पसलमा भने मुख्य व्यापारी नै पसलमा नभएकाले तीन दिनको समय दिएर कारबाहीका लागि विभागमै उपस्थित हुन निर्देशन दिइएको उनले बताए।

सरकारले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिइरहेको छ। विभागको तर्फबाट चाडपर्वलाई लक्षित गरी व्यापारीहरुले ग्राहकहरुलाई नठगुन् र बिक्री गरिएका सामग्रीहरुको गुणस्तर जाँच गर्न प्रत्येक दिनजसो अनुगमन गरिरहेको छ।
सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp