हिमालयन बैंकको २६ प्रतिशत लाभांश प्रस्ताव
Heading1
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं– हिमालयन बैंक लिमिटेडले २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।
बुधबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले लाभांश दिने प्रस्ताव गरेको हो। सञ्चालक समितिले यो प्रस्ताव नियामक राष्ट्र बैंकले स्वीकृति र बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले पाउनेछन्।
बैंकको चुक्तापूँजी १० अर्ब ६४ करोड ४४ लाख रुपैयाँ रहेको छ। प्रस्तावित बोनस सेयर वितरणपछि बैंकको चुक्तापूँजी बढेर करिब १३ अर्ब पुग्नेछ।
नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रक्रियामा रहेका कारण हाल हिमालयन बैंकको दोस्रो बजारमा सेयर कारोबार भने रोक्का छ।
सम्बन्धित खबर
जुत्तामा लुकाएर लगिएको ४ किलो सुनसहित दुई जना पक्राउ
१९ मंसिर २०८२, बिहीबार
सी-आस्बा शुल्क घटाउने धितोपत्र बोर्डकाे निर्णय, अब आईपीओ भर्दा बढीमा ५ रूपैयाँ शुल्क लाग्ने
१९ मंसिर २०८२, बिहीबार
बिटक्वाइन मुद्दा: ५ जना दोषी ठहर, राप्रपाका नेतासहित ५ जनालाई सफाइ
१९ मंसिर २०८२, बिहीबार
