Banking Khabar
अर्थतन्त्र

स्वावलम्बन लघुवित्तले घोषणा गर्यो लाभांश

October 8, 2021
सेयर:

२२ असोज, काठमाडौं । स्वावलम्बन लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको हिजो बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ९४ करोड ३० लाख रुपैयाँको १९ प्रतिशतले हुन आउने १७ करोड ९१ लाख ७० हजार रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत ६ प्रतिशतले हुन आउने ५ करोड ६५ लाख ८० हजार बराबरको नगद लाभांश गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

संस्थाले प्रकाशन गरेको सुचना यस्तो छ :