कामना सेवाको साधारण सभा कात्तिक २३ मा, १८.५० प्रतिशत बोनस सेयर पारित हुने
Heading1
BusinessSarokar
|
२३ पुष २०८२, मङ्गलबार
काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा कात्तिक २३ गते हुने भएको छ। पार्क भिलेज रिसोर्ट बुढानीलकण्ठमा हुने सभाले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्ने जनाइएको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको १८.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.९७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
थै, सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावसमेत पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक १० गते एक दिन बुकक्लोज गर्ने भएको छ।
