गुराँस लघुवित्तको साधारण सभा कात्तिक २२ गते

समचार BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

काठमाडौं– गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। लघुवित्तको साधारण सभा  कात्तिक २२ गते धनकुटामा हुँदै छ।

साधारण सभाले लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १६.९०६४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८८९ प्रतिशत नगद लाभांश पारित गर्नेछ।

यस्तै, लघुवित्तको संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको समेत निर्वाचन गर्नेछ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि लघुवित्तले कात्तिक ८ गते बुकक्लोज गर्नेछ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp