बागमतीमा आजदेखि सार्वजनिक सवारीको बढ्यो भाडा
काठमाडौं – बाग्मती प्रदेश सरकारले बढाएको सार्वजनिक सवारी साधनको भाडा आज (सोमबार) देखि लागू भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आजदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो ।
जसअनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्ना साथ १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ । यो भाडादर ५ किलोमिटरसम्म लागू हुनेछ ।
यस्तै १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्नेछ । यस्तै उपत्यका बाहेक साबिकको भाडादरमा प्रतिशत वृद्धि गरिएको छ । यो भाडादरमा यात्राले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले सरसामान वा गुन्टा लैजान पाउने छन् ।
–१० किलोमिटरसम्म २३ रुपैयाँ ।
–१५ किलोमिटरसम्म २७ रुपैयाँ ।
–२० किलोमिटरसम्म ३० रुपैयाँ ।
–२० किलोमिटरमाथि ३५ रुपैयाँ ।
सम्बन्धित खबर
न्यादी हाड्रोपावरको आईपीओ भोलि बाँडफाँड हुने, २१ लाख बढी आवेदक हात खाली हुने
१९ मंसिर २०८२, बिहीबार
क्युआर पेमेन्टमा बढ्दो आकर्षण, ७ महीनामा १७९ प्रतिशतले बढ्यो कारोबार
१९ मंसिर २०८२, बिहीबार
सानो तथा मझौला व्यबसाय गर्नेका लागि नेपालमा बैंकिङ कर्जा नीति कस्तो छ ?
१९ मंसिर २०८२, बिहीबार
