इन्भेष्टमेन्ट बैंकको लाभांश परिमार्जन, बोनस सेयरमा जोड
Heading1
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंकले यसअघि घोषणा गरेको लाभांश संशोधन गरेको छ।बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्न घोषणा गरेको लाभांशमा नगद र बोनस सेयरको अंश परिमार्जन गरेको हो।
बैंकले कुल लाभांश भने परिवर्तन गरेको छैन। बैंकले अब सेयरधनीहरुलाई १२.६११ प्रतिशत बोनस शेयर र ३.३८९ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। यसअघि ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांश थियो।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले लाभांश संशोधन गरेको जनाएको छ। कात्तिक २ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश संशोधन गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
हाल बैंकको चुक्ता पूँजी १६ अर्ब २५ करोड ७३ लाख २९ हजार ५०० रुपैयाँ छ। प्रस्तावित बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पूँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार ३२३ रुपैयाँ पुग्नेछ।
सम्बन्धित खबर
पर्यटन प्रवर्द्धनका लागि ट्रेल रेस गर्दै पाँचपोखरी थाङपाल गाउँपालिका
१९ मंसिर २०८२, बिहीबार
निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो
१९ मंसिर २०८२, बिहीबार
बैंकहरूको नाफामा सुधार, सबैभन्दा बढी नाफा कमाउनेमा Nabil Bank अगाडि
१९ मंसिर २०८२, बिहीबार
