Banking Khabar
अर्थतन्त्र

सिटिजन्स बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा छुटको व्यवस्था

October 20, 2021
सेयर:

३ कार्तिक, काठमाडौँ। सिटिजन्स बैंकका ग्राहकले बनेपास्थित आगन्तुक रिसोर्टमा छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग ग्राहक, डेबिटरक्रेडिट कार्डवाहक एवं कर्मचारीहरूले आगन्तुक रिसोर्टको विभिन्न सेवाहरूमा विशेष छुट पाउनेछन् ।

बैंकले जारी गरेको विज्ञप्तिमा यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले जनाएको छ । त्यसै गरी हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरूको लागी समेत घरमै बसी निः शुल्क मोबाइल बैकिङ्ग मार्फत डेबिट कार्डको लागी आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको जानकारी बैंकले दिएको छ ।

मोबाइल बैकिङ्ग मार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ ।

बैंकले देशभरका १८३ वटा शाखा, १२१ वटा ए.टि.एम।.र १११ वटा शाखा रहित बैंकिङ इकाईबाट करिव साढे १२ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।