एन आई सी एशिया बैंकले ल्यायो “सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता” योजना
३ कार्तिक, काठमाडौं । एन आई सी एशिया बैंकले “सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता” योजना सार्वजनिक गरेको छ। “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मूल नारायुक्त यो बैंकले २४ औँ वार्षिकोत्सवको उपलक्ष्यमा यस्तो योजना ल्याएको हो।
बैंकले उच्च प्रतिफलको साथमा ३ बीमा सम्बन्धी सुरक्षाका फाइदाहरू, ३ कर्जा सम्बन्धी फाइदाहरू तथा १८ अन्य अतुलनीय फाइदाहरू प्रदान गरेको छ । यस योजना अन्तर्गत खाता खोल्ने ग्राहक महानुभावहरूले २१ लाख रुपयाँसम्मको ३ प्रकारका बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । जसअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रुपयाँसम्मको बीमा सुविधा, १८ घातक रोगहरूको लागि १० लाख रुपयाँसम्मको बीमा सुविधा र १ लाख रुपयाँसम्मको औषधी उपचार बीमा सुविधा प्राप्त गर्न सक्नेछन् ।
औषधी उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहकहरूलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग उपचारमा २० हजार रुपयाँसम्म र अस्पताल भर्ना वापत ८० हजार रुपयाँसम्मको बीमा सुविधा प्रदान गर्नेछ । उल्लेखित बीमा सुविधाहरू बैंकले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा खातावाललाई प्रदान गर्नेछ ।
यस बैंकले २० चैत्र २०७५ देखि खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउँदै आएको हो। यस अघिका बचत खाताहरूमा प्रदान गरेको बीमा सुविधालाई ग्राहकहरूले अत्यन्त मन पराएकाले यस बचत योजनामा समेत उक्त योजनालाई निरन्तरता दिइएको बैंकले जनाएको छ । सोही बीमा सहितको निक्षेप योजनाअन्तर्गत हालसम्म देशभरका ६१० जना भन्दा बढी ग्राहक महानुभावहरूले बीमा वापतको ३ करोड ८५ लाख रुपयाँभन्दा बढी रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ ।
सम्बन्धित खबर
एनएमबि बैंकले सुरू गर्यो नेपालमै पहिलोपटक भिडियो केवाईसी प्रणाली
१९ मंसिर २०८२, बिहीबार
राष्ट्र बैंकले ३ अर्ब १३ करोडको ट्रेजरी बिक्री गर्दै
१९ मंसिर २०८२, बिहीबार
बैंकहरुले आफूखुसी ब्याजदर बढाउँदा व्यवसायीहरू ठुलो मर्कामा
१९ मंसिर २०८२, बिहीबार
