Banking Khabar
बैंकिङ

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा सर्लाहीको बयलवासमा

October 21, 2021
सेयर:

४ कार्तिक, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सर्लाहीको बयलवासमा शाखा विस्तार गरेको छ । प्रदेश नम्बर २ अन्तरर्गत पर्ने सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा न.६ मा अवस्थित उक्त कार्यलयले बुधबारबाट कारोबार शुभारम्भ गरेको हो ।

यो शाखा बिस्तार भएसंगै बैंकको शाखा कार्यालयहरुको संख्या २५५ पुगेको बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ । बैंकले हाल आफ्नो २५५ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दैआएको छ ।