मेगा बैंकद्धारा आफ्ना शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह
Heading3
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
४ कार्तिक, काठमाडौं । मेगा बैंकले शेयरधनीलाई पुरानो लाभांश लिन बोलाएको छ ।
साबिकका पश्चिमाञ्चल डेभलपमेण्ट बैंक,टुरिजम डेभलपमेण्ट बैंक र गण्डकी विकास बैंकले विभिन्न साधारण सभाबाट पारित गरेको नगद लाभांश हालसम्म पनि बुझिनलिएको तथा दाबीसमेत नपरेको भन्दै मेगा बैंकले ती पुरानो लाभांश लिन बोलाएको हो ।
उक्त कम्पनीले नगद लाभांश लिन बाँकी शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र शेयरधनी प्रमाणपत्र र परिचय खुल्ने कागजातसहित शेयर रजिष्ट्रार मेगा क्यापिटल मार्केट्स क्यापिटल लिमिटेड त्रिपुरेश्वर काठमाडौंमा सम्पर्क गर्न आग्रह गरेको छ ।
सुचना प्रकाशित भएको मितिले ३५ दिनसम्म पनि लाभांश रकम लिन नआएमा पाँच वर्ष पुरा भई भुक्तानी गर्न बाँकी रहेको लाभांश रकम कम्पनी ऐन बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।
सम्बन्धित खबर
नबिल बैंकले ल्यायाे उच्च व्याजदर दिने ‘नबिल एक्सट्रा फिक्सड डिपोजिट
१९ मंसिर २०८२, बिहीबार
मुक्तिनाथ फुड बैंकद्वारा आईपीओ निष्काशनको तयारी
१९ मंसिर २०८२, बिहीबार
लक्ष्मी बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत
१९ मंसिर २०८२, बिहीबार
