प्रभु लाइफ इन्स्योरेन्सले समता शैक्षिक गुठीलाई दियो ५ लाख रुपैयाँ

बीमा BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले समता शैक्षिक गुठीलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । इन्स्योरेन्सले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा नेपालका ७७ जिल्लाभरि कूल ८० विद्यालय संचालन गरिरहेको उक्त गुठीलार्ई सो मात्राको सहयोग गरेको हो ।

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले उक्त रकम हस्तान्तरण गरेका थिए ।

कम्पनीले आफ्नो पाँचौ वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजनाकासाथ सम्पन्न गरेको छ । कम्पनीले यसै उत्सव पारेर आफ्नो वार्षिक रुपमा संचालित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्ष निम्न आयस्तर भएका अभिभावकका बालबालिकाहरुका शिक्षाको लागि यथासक्य योगदान गर्ने कार्यक्रम संचालन गरेको छ ।

गत वर्ष पनि यसैगरी कम्पनीले उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका सम्पूर्ण ट्राफिक कर्मचारीहरुका लागि कोभिड १९ बाट बच्नका लागि तयार पारिएको मास्क, स्यानिटाईजर तथा हात धुने साबुन भएको किट वितरण गरेको थियो । सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरुले समेत आ-आफ्नो क्षेत्रका ट्राफिक कार्यालय, विद्यालय वा सार्वजनिक स्थानमा सो किटहरु वितरण गरेका थिए ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp