ग्लोबल आइएमई बैंकले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
ग्लोबल आइएमई बैंकले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरुप मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ ।
सोमबारदेखि पुस १७ गते शनिबारसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत बैंकले सातवटै प्रदेशमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविरको सञ्चालन गर्नेछ । शिविरमा महिलाहरुको स्वास्थ्य परिक्षण, औषधी वितरण तथा भीआईए जाँच लगायतका सेवाहरु निशुल्करुपमा उपलब्ध हुनेछन् ।
नेपाल परिवार नियोजन संघसँगको समन्वयमा हुने यस कार्यक्रमअन्तर्गत, कर्णाली प्रदेशको कुनाथरी स्वास्थ्य चौकी, बराहताल, सुर्खेतमा पुस १२ गते, प्रदेश १ को देवानगञ्ज स्वास्थ्य चौकी, देवानगञ्ज, सुनसरीमा पुस १४ गते, प्रदेश २ को प्राथमिक उपचार केन्द्र, गौशाला, महोत्तरीमा पुस १५ गते निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्ने बैंकले जनाएको छ ।
त्यसैगरी लुम्बिनी प्रदेशको जलजला अस्पताल तथा अनुसन्धान केन्द्र थवाङ्ग, रोल्पामा पुस १६ गते र सुदूरपश्चिम प्रदेशको श्रीकोट स्वास्थ्य चौकी, दोगडाकेदार, बैतडीमा पुस १६ गते, वागमती प्रदेशको पारच्याङ स्वास्थ्य चौकी, नौकुण्ड रसुवामा पुस १७ गते र गण्डकी प्रदेशको नौथर शेरा सामुदायिक स्वास्थ्य इकाई भवन, दोर्दी, लमजुङमा पुस १७ गते निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन हुनेछन् ।
यसअघि बैंकले महिलालाई आर्थिकरुपमा सशक्त बनाउनका लागि मेरी उनीलाई मुद्दती बचत खाता संचालनमा ल्याएको छ । मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत महिलालाई शारीरिकरुपमा सशक्त बनाउने बैंकको यो अर्को महत्वपूर्ण प्रयास रहेको बैंकले जनाएको छ ।
सम्बन्धित खबर
गरिमा विकास बैंक ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ बाट सम्मानित
१९ मंसिर २०८२, बिहीबार
मध्य भोटेकोशीको आईपिओमा आवेदन दिने आज अन्तिम मिती
१९ मंसिर २०८२, बिहीबार
रानीखेत रोगले कुखुरा मर्न थालेपछि किसान चिन्तित
१९ मंसिर २०८२, बिहीबार
