कार दुर्घटनामा बैंकका कर्मचारीको निधन
कपिलवस्तुमा कार दुर्घटनामा बैंकका कर्मचारीको निधन भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको वाणगंगा नगरपालिका–१ दरखास्त भन्ने स्थानमा बस र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा बा ६ च ११६४ नम्बरको कार चालक ३५ वर्षीय अनुराग पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
वाणगंगा नगरपालिका–२ घर भएका पाण्डे शाइन रेसुङ्गा विकास डेभलपमेन्ट बैंकको जितपुर शाखा प्रमुख एवम् क्लस्टर हेड हुन् । कारमा सवार वाणगंगा नगरपालिकाको पिपरा बस्ने ४० वर्षीय राजीव शर्मा र कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ बस्ने २७ वर्षीय सुदीप खनाल घाइते छन् । उनीहरुको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।
मंगलबार राति चारनम्बरबाट गोरुसिंगे जाने क्रममा कारलाई शुरुमा ट्रकले ठक्कर दिएको थियो भने लगत्तै ना ५ ख ३३८७ नम्बरको बससँग ठोक्किएको प्रहरीले जनाएको छ । सुरुमा दुर्घटनामा घाइते भएकाहरुलाई चार नम्बर सामुदायिक अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । त्यसपछि गम्भीर घाइते पाण्डेलाई थप उपचार गर्न रुपन्देहीको बुटवलस्थित क्रिमसन अस्पताल लगिएको थियो ।
उनको राति १० बजेर ४५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । उनको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।
सम्बन्धित खबर
उत्तर कोरियाद्वारा १५ सय किलोमिटर टाढासम्म प्रहार गर्न सक्ने क्रुज मिसाइल परीक्षण
१९ मंसिर २०८२, बिहीबार
एनएमबि बैंकले ल्यायो १५ वर्षका लागि स्थिर घर कर्जा योजना
१९ मंसिर २०८२, बिहीबार
मार्गदर्शन बनाएर चालु पुँजी कर्जा व्यवस्थित गरिँदै
१९ मंसिर २०८२, बिहीबार
