आईपिओ निष्कासनकाे पाइपलाइनमा २६ कम्पनी, कहिले पाउँछन् अनुमति ?

१८ फाल्गुन २०७८, बुधबार ०४:२९

नेपाल धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष भिष्मराज ढुंगाना सर्वोत्तम सिमेण्टको शेयर विवादमा परेपछि गत असोजमा सरकारले उनलाई निलम्बन गरेको थियो । त्यसपछि विभिन्न कम्पनीहरुले आईपिओको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा दिएका निवेदन त्यतिकै थन्किए। अहिले बोर्डले नयाँ अध्यक्ष पाएको छ।

कतिपय कम्पनीहरुले आईपिओ निष्कासन गर्नका लागि अनुमति पाएसँगै निष्कासन पनि गरिरहेका छन् । नेपाल धितोपत्र बोर्ड (सेवन) का अनुसार साधारण शेयर (आईपिओ) निष्कासन तथा स्वीकृतिका लागि २ दर्जनभन्दा बढी कम्पनीहरु अझै पाइपलाइनमा छन्। ती मध्ये अधिकांश हाइड्रोपावर कम्पनी छन्।

कुन-कुन हुन् त ती कम्पनी ?

१) थ्रि स्टार हाइड्रोपावर कम्पनी लिमिटेड

थ्रि स्टार हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आईपिओ) निष्कासनका लागि बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरका १२ लाख ३१ हजार २५० कित्ता आईपिओ निष्कासन गर्नको लागि गत साउन १७ गते बोर्डसँग अनुमति मागेको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

२) रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० लाख कित्ता साधारण शेयर (आईपिओ) निष्कासनका लागि साउन १२ गते सेवनमा निवेदन दिएको छ। कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ।

३) मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड

मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता साधारण शेयर (आईपिओ) निष्कासन गर्नका लागि साउन १ गते धितोपत्र बोर्ड (सेवन) मा निवेदन दिएको छ । कम्पनीको आईपिओ निष्कासन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

४) कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेड

कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्कासनका लागि बोर्डमा अनुमति मागेको छ । कम्पनीले २ करोड ४३ लाख ७३ हजार ५०० रुपैयाँ बराबरको २ लाख ४३ हजार ७३५ कित्ता आईपिओ निष्कासन गर्नका लागि साउन ३२ गते बोर्डमा अनुमति मागेको हो । कम्पनीको आईपिओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमवी क्यापिटल लिमिटेड रहेको छ।

५) सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेड

सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आईपिओ निष्कासन तथा विक्री खुला गर्नका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रवन्धकको काम बोक क्यापिटल मार्केट लिमिटेड गर्नेछ।

६) आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपिओ निष्कासनका लागि बोर्डमा अनुमति मागेको छ । कम्पनीले ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता आईपिओ निष्कासनका लागि असोज २० गते बोर्डमा अनुमति मागेको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकमा बोक क्यापिटल मार्केट लिमिटेड रहेको छ।

७) इष्ट्रन हाइड्रोपावर कम्पनी लिमिटेड

इष्ट्रन हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आईपिओ) निष्कासन गर्नका धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता आईपिओ निष्कासन तथा विक्री खुला गर्नका लागि मंसिर २४ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकको काम एनएमवी क्यापिटलले गर्नेछ ।

८) सान्जेन जलविद्युत कम्पनी लिमिटेड

सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आईपिओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३६ करोड ५० लाख रुपैयाँ बराबरको ३६ लाख ५० हजार कित्ता आईपिओ निष्कासन तथा बिक्री खुला गर्नका लागि मंसिर २० गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपिओ निष्कासन तथा बिक्री प्रबन्धकको काम सिटिजन इनभेष्टमेन्टले गर्नेछ ।

९) सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेड

सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपिओ निष्कासन तथा बिक्री खुला गर्नका लागि मंसिर २० गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपिओ विक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

१०) पिपुल्स पावर कम्पनी लिमिटेड

पिपुल्स पावर कम्पनी लिमिटेडले पनि साधारण शेयर (आईपिओ) निष्कासन तथा विक्री खुला गर्नका लागि निवेदन दिएको छ । कम्पनीले ३० करोड ९९ लाख ७४ हजार रुपैयाँ बराबरको ३० लाख ९९ हजार ७४० कित्ता आईपिओ निष्कासन गर्नका लागि पुस २७ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

११) रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेड

रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडले पनि साधारण शेयर (आईपिओ) निष्कासन तथा बिक्री खुला गर्नका लागि निवेदन दिएको छ । कम्पनीले ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १०० कित्ता शेयर बिक्री गर्नका लागि पुस २३ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपिओ निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।

१२) एशियन हाइड्रोपावर कम्पनी लिमिटेड

एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले पनि साधारण शेयर (आईपिओ) निष्कासन तथा बिक्री खुला गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता आईपिओ निष्कासन तथा विक्री खुला गर्नका लागि पुस ११ गते बोर्डमा निवेदन दिएको हो । आईपिओ निष्कासन तथा बिक्री प्रवन्धकको काम एनएमवी क्यापिटलले गर्नेछ ।

१३) रिभर फल्स पावर लिमिटेड

रिभर फल्स पावर लिमिटेडले पनि आईपिओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । ३४ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्ने जनाएको कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहनेछ ।

१४) उपकार लघुवित्त

उपकार लघुवित्तले पनि आइपिओ निष्कासन गर्ने जनाएको छ । यस कम्पनीले २ करोड ६६ लाख २५ हजार बराबरका २ लाख ६६ हजार २५० कित्ता शेयर निष्कासन गर्ने भएको हो । नेपाल एसबिआइ मेर्चेन्ट क्यापिटलले यसको बिक्री प्रबन्धकको जिम्मा लिएको छ ।

१५) सयपत्री हाइड्रोपावर

सयपत्री हाइड्रोपावरले पनि आईपिओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ । यो कम्पनीले ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता शेयरका लागि निवेदनका दिएको हो । यसको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ ।

१६) राप्ती हाइड्रो जनरल कन्ट्रक्सन

राप्ती हाइड्रो जनरल कन्ट्रक्सनले २९ लाख ४१ हजार ४१० कित्ता शेयर निष्कासनका लागि अनुमति मागेको छ । मुक्तिनाथ क्यापिटलले यसको बिक्री प्रबन्धकको काम गर्नेछ ।

१७) आइएमई लाइफ इन्स्योरेन्स

आइएमई लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता शेयरका लागि निवेदन दिएको छ । यसको निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

१८) डिशहोम

डिशहोमले पनि २३ करोड ८५ लाख ९२ हजार ९०० बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता शेयरका लागि अनुमति मागेको छ । यसको बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहनेछ ।

१९) सिवाइसि नेपाल लघुवित्त

सिवाइसि नेपाल लघुवित्तले ३ लाख ९५ हजार ३३६ कित्ता शेयर निष्कासनको अनुमति मागेको छ ।

२०) अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले पनि शेयर निष्कासन गर्दैछ । यस कम्पनीले ३३ लाख ७ हजार ५०० कित्ता शेयरका लागि अनुमति मागेको हो ।

२१) दोर्दी खोला जलविद्युत कम्पनी

दोर्दी खोला जलविद्युत कम्पनीले २९ लाख ५१ हजार ९२९ कित्ता शेयर निष्कासन गर्दैछ ।

२२) विन्धवासिनी हाइड्रोपावर

विन्धवासिनी हाइड्रोपावरले २५ लाख शेयरका लागि आवेदन दिएको छ । यसको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहनेछ ।

२३) अपर हेवाखोला हाइड्रो पावर

अपर हेवाखोला हाइड्रो पावरले आयोजना प्रभावितका लागि ५ लाख र सर्वसाधारणका लागि १५ लाख कित्ता शेयरको अनुमति मागेको छ ।

२४) हिमालयन हाइड्रोपावर कम्पनी

हिमालयन हाइड्रोपावर कम्पनीले २२ लाख ५० हजार कित्ता शेयर निष्कासनको अनुमति मागेको छ ।

२५) मन्दाकिनी हाइड्रोपावर

मन्दाकिनी हाइड्रोपावरले १७ लाख ६४ हजार ११० कित्ता शेयरका लागि अनुमति मागेको छ ।

२६) श्वेतगंगा हाइड्रोपावर

श्वेतगंगा हाइड्रोपावरले ४७ लाख ७९ हजार कित्ता शेयरका लागि बोर्डसँग अनुमति मागेको छ ।

उल्लेखित कम्पनीहरुले अब धितोपत्र बोर्डको स्वीकृतिपछि मात्र आईपिओका लागि आवेदन खुल्ला गर्न सक्नेछन् ।

कुन कुन कम्पनीले निष्कासन गरे?

लामो समयको अन्तरालपछि आईपिओमा आवेदन खुल्ला भएको थियो । करिव २ महिना यता ६ वटा कम्पनीले सर्वसाधारणका लागि आईपिओ खुलाइसकेका छन् ।

यसरी आईपिओ खुलाउने कम्पनीमा नेष्डो लघुवित्त, ग्रिन भेन्चर कम्पनी, वलेफी हाइड्रोपावर, राष्ट्र उत्थान लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, इमर्जिङ नेपाल रहेका छन् ।

डिम्याट खाताको संख्या ५० लाख नाघ्यो

धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता पछिल्लो समय उत्साहजनकरूपमा बढ्दै गएको देखिएको छ । गत आर्थिक वर्षको असारसम्ममा करिब ३७ लाखको सङ्ख्यामा रहेको हितग्राही खाता (डिम्याट खाता) चालु आबको फागुन १६ गतेसम्म ५० लाख नाघेको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार हाल डिम्याट खाताको सङ्ख्या ५० लाख सात हजार २४२ छ । त्यस्तै डिम्याट खाताका साथै मेरो शेयर खाताको सङ्ख्यासमेत बढेको छ। सिडिएसका अनुसार मेरो शेयरको सङ्ख्या ४१ लाख नाघेको छ। विवरण अनुसार पछिल्लो समय डिम्याट र मेरो शेयर खाताको सङ्ख्या उल्लेख्य बढेको देखिन्छ ।

गत असार मसान्तसम्म २८ लाख ५५ हजार रहेको मेरो शेयरको सङ्ख्या ४१ लाख १९ हजारभन्दा बढी रहेको छ। त्यस्तै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सर्वसाधारण लगानीकर्तालाई केन्द्रीय निक्षेप सेवा सहज बनाउन तथा शेयरको अभिलेखीकरण कार्य गर्नका लागि निक्षेप सदस्यका रूपमा सेवा प्रवाह गर्ने सदस्यको सङ्ख्या गत आवको अन्त्यमा ७८ रहेकामा सार्वजनिक पछिल्लो तथ्याङ्क अनुसार त्यस्तो सदस्य सङ्ख्या ८२ पुगेका छन्।

धितोपत्र बजारमा धितोपत्रको कारोबारका साथै प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को आवेदनमा समेत डिम्याट खाता अनिवार्य भएकाले यस्ता खाता खोल्ने क्रम बढेको धितोपत्र बोर्डको बुझाइ छ।

प्राथमिक बजारतर्फ प्राथमिक निष्काशन, हकप्रद निष्काशन, ऋणपत्र तथा सामूहिक लगानी योजना गरि सबै निष्काशन अनुमति रकममा उच्च बढोत्तरी आएको छ। कम्पनीको आइपिओ निष्काशनमा भाग लिनेको सङ्ख्या उल्लेख्य बढ्नुले धितोपत्र कारोबारमा सर्वसाधारणको सहभागिता बढेको पुष्टि हुन्छ। पछिल्लो समय कम्पनीले निष्काशन गर्ने आइपिओमा २५ लाखभन्दा बढीले आवेदन भर्दै आएका छन्।

प्रविधिको विकास र विस्तारले धितोपत्र बजारमा कारोबार गर्नेको सङ्ख्या बढेको बोर्डले उल्लेख गरेको छ। बोर्ड लगायत धितोपत्र बजारसम्बद्ध निकायहरूबाट बजारलाई प्रविधिमैत्री, लगानीमैत्री एवं देशव्यापी बनाउन विभिन्न काम भएका छन् ।

बोर्डबाट धितोपत्रको पूर्ण अभौतिक कारोबार हुने व्यवस्था, नेप्सेको कारोबार अनलाइनबाट हुने व्यवस्था, प्राथमिक बजारमा आस्वा तथा सि–आस्वा प्रणाली लागू, उपत्यकाबाहिर धितोपत्र दलाल तथा मर्चेन्ट बैंकरको शाखा विस्तार गर्नका लागि आवश्यक नीतिगत व्यवस्थाहरू गरेसँगै बजारमा सर्वसाधारणको सहभागिता व्यापक तथा उत्साहजनक रहेको बोर्ड बताउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *