कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त
कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामचन्द्र खनाल नियुक्त हुनुभएको छ । यसअघि बैंकको कामू सीइओको रुपमा कार्यरत उहाँ सीईओमा नियुक्त हुनुभएको हो । मंगलबार बसेको सञ्चालक समितिको बैठकले बुधबारदेखि लागू हुने गरेर ४ वर्षको लागि सीईओ बनाएको बताइएको छ । उहाँ कामु सीईओ बनेको साढे दुई महिनामै सीईओ बन्नुभएको हो ।
बैंकले माघ २४ मा खनाललाई कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिएको थियो । खनाल चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ। उहाँसँग करिब डेढ दशक बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । उहाँ एनआईसी एसिया क्यापिटलमा सीईओको रुपमा पनि काम गरिसक्नुभएको छ सिद्धार्थ बैंकमा पनि काम गर्नुभएको थियो ।
साढे २ महिनाको अवधिमा कामु सीइओको रूपमा काम गर्दा कुमारी बैंकको तेश्रो त्रैमासमा राम्रो प्रगति भएको तथ्यांकले देखाउँछ । त्यसकारण पनि बैंक सञ्चालक समितिले उनीमाथि विश्वास गरेर सीइओको जिम्मेवारी सुम्पेको हो ।
चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांक अनुसार बैंकले १ अर्ब ८० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै, चुक्ता पूँजी ६ प्रतिशत बढेको छ भने जगेडा कोष १०.४७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप संकलन १३.४२ प्रतिशतले र कर्जा लगानी १३.०८ प्रतिशतले बढेको छ।
कुमारी बैंकका तत्कालीन कायममुकायम प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमल्सिना र नायव प्रमुख कार्यकारी अधिकृत मनिस तिमल्सिना बैंकबाट बाहिरिएपछि उहाँले कामु सीईओको जिम्मेवारी पाउनुभएको हो ।
सम्बन्धित खबर
नेपाल बैंकको अध्यक्षमा सुमनराज अर्याल नियुक्त
१९ मंसिर २०८२, बिहीबार
विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन
१९ मंसिर २०८२, बिहीबार
राष्ट्र बैंकले आज एक अर्ब ३३ करोडको ट्रेजरी बिल बिक्री गर्दै
१९ मंसिर २०८२, बिहीबार
