नबिल बैंकले पायो ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड’

Heading3 BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२२ प्राप्त गरेको छ । मानव संसाधन परामर्शको क्षेत्रमा काम गर्दै आएको कम्पनी ग्रोथ सेलर्सले नबिल बैंकलाई यो अवार्ड प्रदान गरेको हो। कम्पनीले वार्षिक रुपमा आयोजना गर्दै आएको मानव संसाधन विकासकेन्द्रित कार्यक्रम एचआर मिट २०२२ अन्तर्गत यो अवार्ड नबिल बैंकले प्राप्त गरेको हो।

आफ्ना जनशक्तिलाई नबिलले उनीहरु सन्तुष्ट हुने गरी व्यापक सदुपयोग गर्दै काममा सहजता ल्याएका कारण अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ। कर्मचारीहरुको बैंकप्रतिको अनुभवको उत्कृष्टताका आधारमा बैंकलाई अवार्ड प्रदान गरेको ग्रोथ सेलर्सले जनाएको छ ।

उक्त अवार्ड नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मी, प्रमुख मानव संशाधन अधिकृत रोशन कोइराला लगायत सम्पूर्ण मानव संसाधन विभागका कर्मचारीहरूले ग्रहण गरेका थिए।

कम्पनीले अवार्ड छनोटका लागि प्राडा सुवास केसीको संयोजकत्वमा निर्णायक मण्डल बनाएको थियो। सोही समितिले नबिललाई यस वर्षको नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२२ का लागि योग्य ठहर्‍याएको हो।

बैंकको वर्किङ कल्चर, सेवा सुविधा र उत्प्रेरणाका हिसाबले देशभरका शाखामा कार्यरत कर्मचारीहरु बैंंकप्रति सन्तुष्ट रहेको दाबी गरिएको छ। कोरोना कहरका बीच पनि नबिल बैंकले स्वास्थ्य मापदण्डको दायराभित्र कर्मचारी ब्यवस्थापन गरेको जनाएको छ। नबिल बैंकले यसअघि कम्पनीको एचआर मिट अन्तर्गत पहिलो पटक समावेश गरिएको ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स’ अवार्ड पनि प्राप्त गरेको थियो।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp