डिम्याट खाता र मेरो शेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का गरिने
Heading3
BusinessSarokar
|
२७ मंसिर २०८२, शुक्रबार
नेपाल डिपि लिमिटेडले डिम्याट खाता र मेरो शेयरको वार्षिक शुल्क बुझाउन अनुरोध गरेको छ । कम्पनीले सोमवार एक सूचना जारी गर्दै वार्षिक शुल्क बुझाउन अनुरोध गरेको हो ।
कम्पनीको आर्थिक वर्ष २०७८/०७९ सम्म डिम्याट खाता संचालन गरेबापत लाग्ने शुल्कहरु असार मसान्तभित्र ग्लोबल आइएमई बैंक लिमिटेडको कमलादी शाखामा रहेको बैंक खातामा भुक्तानी गर्न आग्रह गरिएको छ । साथै ग्राहकले मेरो शेयरको माइ प्रोफाइल मार्फत इ सेवा, कनेक्ट आइपीएस, आइएमई पे र खल्ति मार्फत भुक्तानी गर्न सक्नेछन् ।
कम्पनीले तोकेको समयभित्र डिम्याट खाताको सम्पुर्ण वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको शुल्क भुक्तानी नगरेसम्मका लागि डिम्याट खाता रोक्का गरिने कम्पनीले सूचनामा उल्लेख गरेको छ ।
सम्बन्धित खबर
एडीबी र विश्व बैङ्कको प्रक्षेपण: ‘आर्थिक वृद्धि ४.१ प्रतिशत मात्रै’
२७ मंसिर २०८२, शुक्रबार
डलरको भाउ स्थीर, अरू देशको मुद्राको विनिमय दर कति ? (सूचीसहित)
२७ मंसिर २०८२, शुक्रबार
आठ महिनामा १ खर्ब ३८ अर्ब रुपैयाँ वैदेशिक सहायताको प्रतिबद्धता
२७ मंसिर २०८२, शुक्रबार
