सिद्धार्थ बैंकले नेपाल आँखा अस्पताललाई दियाे ५ लाख
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
सिद्धार्थ बैंकले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई पाँच लाख छ हजार दुई सय पचास रूपैयाँ आर्थिक सहयोग गरेकाे छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई सहयाेग गरेकाे हाे ।
सो रकम बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरको अजय सिंह भण्डारीले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेललाई हस्तान्तरण गरेका हुन् ।
बैंकबाट प्राप्त उक्त रकम नेपाल आँखा अस्पतालले सामुदायिक विद्यालयको दृष्टि जाँच कार्यक्रम अन्तर्गत पहिचान गरिएका ६७५ जना विद्यार्थीहरुलाई निःशुल्क चस्मा प्रदान गर्न उपयोग गर्ने जनाएकाे छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।
सम्बन्धित खबर
एनआईसी एशिया बैंकद्वारा २० लाख बीमा रकम भुक्तानी
१९ मंसिर २०८२, बिहीबार
फोनपेबाट कुनै पनि बैंकमा पैसा पठाउँदा १० रुपैयाँ मात्र लाग्ने, दुई लाखसम्म पठाउन मिल्ने
१९ मंसिर २०८२, बिहीबार
जोखिम भार बढेपछि लगानी घटाउँदै बैंक
१९ मंसिर २०८२, बिहीबार
