राष्ट्र बैंकद्वारा यस रेमिट प्रालिको इजाजतपत्र रद्द

बैंकिङ BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

नेपाल राष्ट्र बैंकले यस रेमिट प्रालिको इजाजतपत्र रद्द गरेको छ। काठमाडौंको लैनचौरमा रहेको कम्पनीको लाइसेन्स खारेज गरिएको हो।

विप्रेषणसम्बन्धी कारोबार गर्न प्राप्त गरेको इजाजतपत्र रद्द गरिपाउँ भनी कम्पनीले नै निवेदन दिएको थियो। कम्पनीले गरेको विदेशी मुद्रा कारोबारबाट कुनै व्यक्ति वा संघरसंस्थासँग लेनदेन रकम बाँकी रहेको भए ३५ दिनभित्र राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागलाई जानकारी गराउन भनिएको छ।

तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा विप्रेषणसम्बन्धी कारोबार गर्ने इजाजतपत्र रद्द भई बैंक ग्यारेण्टी समेत फुकुवा भई जाने छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp