आइएमईको ‘मोबाइल हातैमा र १० लाख खातैमा’ अफर सार्वजनिक
दसैँ, तिहार, छठ र नेपाल संवतको अवसरमा आइएमईले दसैँ अफर सार्वजनिक गरेको छ । अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरूमध्ये दैनिक एक जनालाई सामसुङ् मोबाइल उपहार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ।
साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही रू.२५,००० (पच्चिस हजार रुपैयाँ) उपहार स्वरूप प्रदान गरिने र अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई रू. १०,००,००० (रुपैयाँ दश लाख) उपहार स्वरूप प्रदान गरिने कम्पनीले उल्लेख गरेको छ ।
अफर सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईले आफ्नो स्थापनादेखि नै यस्ता अफर ल्याउँदै आएको स्मरण गर्दै यस्ता अफरले सेवाग्राही, व्यावसायिक साझेदार र कम्पनीवीचको त्रिपक्षीय सम्बन्धलाई मजबुत बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ देशको आर्थिक क्रियाकलापमा रेमिटेन्सको भूमिका महत्त्वपूर्ण छ भन्ने कुरा अहिले आएर झनै प्रष्ट भएको छ । त्यसैले विदेशबाट आउने रेमिटेन्स बढाउन हामी सबैले अ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ ।’ रेमिटेन्स आप्रवाहलाई बढाउन, रेमिटेन्स पठाउँदा औपचारिक माध्यमबाट नै पठाउन यस्ता अफरहरूको आवश्यकता पर्दछ अध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै ब्राण्ड एम्बासडर दीपकराज गिरीले सधैं जस्तो यसपटक पनि आइएमईको अफरमा सहभागी हुन् आम सेवाग्राहीहरूलाई आग्रह गर्नुभयो । भाइस प्रेसिडेन्ट रूद्रराज पौडेलले सधैं आम सेवाग्राहीहरूलाई सरल, सुलभ र विश्वस्तरीय रेमिटेन्स सेवा प्रदान गर्न आइएमई प्रतिवद्ध रहेको बताउँदै चाडपर्वको समयमा रेमिटेन्स आप्रवाह बढ्ता हुने हुँदा समयमै झन्झटरहित ढंगले रेमिटेन्स सेवा दिन कम्पनीले त्यहिँ अनुरूपको तयारी पुरा गरेको बताउनुभयो ।
कूल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थीममा आधारित हुनेछ । उक्त अफर २०७८ साल भाद्र १६ गतेदेखि कार्तिक १६ (तदनुसार सेप्टेम्बर १–नेभेम्बर २, २०२२) सम्म कूल ९ हप्ता अर्थात ६३ दिन कायम हुनेछ ।
यस सम्बन्धि विस्तृत जानकारीका लागि हाम्रा आधिकारिक वेभ पेज, केन्द्रीय कार्यालय, विदेशस्थित हाम्रा सम्पर्क कार्यालयहरू, नेपालका सम्पूर्ण क्षेत्रीय सम्पर्क कार्यालयहरूका अतिरिक्त सम्पूर्ण व्यावसायिक साझेदारसँग उपलब्ध हुनेछ । अफरलाई व्यवस्थित ढंगले संचालन गर्नका लागि कम्पनीले संचालन गरेका सेवा र शर्तहरूको अक्षरस पालन गर्नु गराउनुपर्नेछ । अफर अवधिका विजेता सिस्टममा आधारित लक्की ड्र मार्फत सार्वजनिक गरिनेछ भने नतिजा कम्पनीका आधिकारिक सामाजिक संजाल पेजहरू तथा मिडिया मार्फत सार्वजनिक गरिनेछ ।
सम्बन्धित खबर
मध्य भोटेकोशीको आइपीओ १५ लाख ६२ हजारभन्दा बढीले भरे
१९ मंसिर २०८२, बिहीबार
विभिन्न पदका लागि सशस्त्र प्रहरीले सयौँको संख्यामा खुलायो भर्ना
१९ मंसिर २०८२, बिहीबार
घरजग्गा कारोबारमा मन्दीको असर : लिलामी सूचना झन्डै दोब्बर
१९ मंसिर २०८२, बिहीबार
