यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

Heading3 BusinessSarokar | २७ मंसिर २०८२, शुक्रबार

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानकै आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‍शुक्रबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही गण्डकी  प्रदेशका  थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ।

बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको पूर्वानुमान पनि गरेको छ।

शुक्रबार राति पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ।

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा  तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा राति पनि मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp