माछापुच्छ्रे बैंकले बोलायो साधारण सभा बोलायो

Heading3 BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

माछापुच्छ्रे बैंकले आफ्नो साधारण सभा बोलाएको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो। बैंकले असोज १० गते, होटल पोखरा ग्राण्ड, पोखरा, कास्कीमा २७ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुने बैंकले जारी गरेको सूचनामा उल्लेख छ। साधारण सभा गर्ने यस वर्षको पहिलो बाणिज्य समेत बनेको छ ।

बैंकको सञ्चालक समितिले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने विशेष प्रस्ताव लाई सभाले पारित गर्नेछ। त्यस्तै, सभाले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ अर्ब रुपैयाँबराबरको ८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव समेत रहेको छ । जसका लागि  प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने सूचनामा उल्लेख च । त्यस्तै सर्वसाधारण शेयरधनी समूहको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिले गरेको नियुक्तिलाई पनि अनुमोदन गर्ने छ ।

 

 

 

 

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp