प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज (शनिवार) विहान ९:०० बजेसम्म कोषको खातामा १३ अर्ब ५४ करोड ९ लाख ३ हजार ११७ रुपैयाँ मौज्दात छ ।
कार्यालयका अनुसार भदौ २६ गते साँझ ५:०० बजेपछि कोषमा २८ करोड २० लाख १४ हजार ३६६ रुपैयाँ थपिएको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न ९ ओटा बैंकमा रहेको छ । सरकारले यसअघि उक्त कोषबाट बाढीपीडितका नाममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ ।
त्यस्तै कोषका २ ओटा बैंकका डलर खातामा पनि रकम बढ्ने क्रम जारी छ । भदौ २६ गते साँझ ५:०० बजेपछि उक्त खातामा १ लाख ५४ हजार ७७० अमेरिकी डलर थपिएर कूल २ करोड ३४ लाख ३८ हजार ८४७ अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । रासस
