महेन्द्रनगरमा सिभिल बैंक नयाँ शाखा विस्तार
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
३ भदौ, काठमाडौ । सिभिल बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा आफ्नो ११५औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको समुद्घघाटन भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले गरेका हुन् ।
हालको कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै उक्त उद्घाटन समारोहमा सहभागीको संख्या न्यून गरीएको थियो । उक्त शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले महेन्द्रनगरमा वित्तीय पहुँच बृद्धि गर्नको साथै वित्तीय स्तर बढाउन यस शाखाले टेवा पु¥याउने कुरा बताए ।
सिभिल बैंकका डिपोजिट तथा ट्रान्ज्याक्सन बैंकिङ्गका प्रमुख भोला बहादुर विष्टले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकहरुको सहभागिता बिना आर्थिक समृद्धि सम्भब नहुने बताए ।
सम्बन्धित खबर
एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त
१९ मंसिर २०८२, बिहीबार
वाणिज्य बैंकलाई नाफामा पछि पार्दै विकास बैंक
१९ मंसिर २०८२, बिहीबार
बैंकिङ प्रणालीको अतिरिक्त तरलतालाई उत्पादनमा लगाउनुपर्ने : मनोज ज्ञवाली
१९ मंसिर २०८२, बिहीबार
