सुनको मूल्य तोलामा ३ सय रुपैयाँले गिरावट, चाँदी पनि ओरालो लाग्यो

अर्थतन्त्र BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

भदौ ६, काठमाडौं । भदौ ६ गते, आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो।

यस दिन छापावाला सुन प्रतितोला ९० हजार ९०० र तेजाबी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ ।

गत शुक्रबार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। बितेका साता प्रतितोला ९० हजारभन्दा तल पुगेको सुनको कारोबार मूल्यमा पुनः सुधार भएको छ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले गिरावट आएको छ। चाँदी प्रतितोला १ हजार १ सय ८० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला ११९५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १७८१.७७ डलर छ। यस्तै चाँदी आइतबार प्रतिऔंस २३.०२ डलरमा कारोबार भइरहेको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp