Banking Khabar
अर्थतन्त्र

मेगा म्युचुअल फण्ड-१ मा मागभन्दा बढी आवेदन

August 27, 2021
सेयर:

११ भदौ, काठमाडौं  । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना मेगा म्युचुअल फण्ड–१ मा माग गरेभन्दा बढी आवेदन परेको छ । प्रतिइकाई मूल्य १० रुपैयाँका दरले ८ करोड ५० लाख इकाई सार्वजनिक निष्काशन गरेको दुइदिनमा नै मागभन्दा बढी आवेदन प्राप्त भएको हो ।

प्रति इकाई मूल्य १० रुपैयाँको १० करोड इकाईमध्ये न्यूनतम एक करोड पचास लाख वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम पन्ध प्रतिशत इकाई कोष प्रवद्र्धक मेगा बैंक लिमिटेडको लागि सुरक्षित राखि बाँकी आठ करोड पचास लाख इकाईमा सार्वजनिक निष्काशन गरेको दुई दिनमै माग भन्दा बढि आवेदन प्राप्त भई चौथो दिनसम्ममा सर्वसाधारण लगानीकर्ताहरुको उल्लेखनीय सहभागिता स्वरुप १,६३,६४६ आवेदकहरुबाट करिब २०,१४,५५,६०० बराबरको इकाई खरीदका लागि आवेदन परेको छ, जुन बिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा २.३७ गुणा बढी आवेदन परेको छ ।

मागभन्दा धेरै इकाईका लागि आवेदन परेकाले धितोपत्र बोर्डद्वारा जारी निर्र्देशिकाबमोजिम कोषको कुल आकारको २५ प्रतिशत थप गरी इकाईहरु बाँडफाँट गरिनेछ ।