Banking Khabar
अर्थतन्त्र

स्वावलम्बन लघुवित्तको संस्थापक शेयर विक्रीमा

August 25, 2021
सेयर:

९ भदौ, काठमाडौं ।स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । संस्थाले आजबाट १ हजार १९० कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।

संस्थाका अनुसार कम्पनीका सदस्य गोरी श्रेष्ठको नाममा रहेको उक्त शेयर प्रतिकित्ता ७०१ रुपैयाँ मूल्य तोकेर विक्री खुला गरिएको जनाएको छ ।

कम्पनीले आजको ३५ दिन भित्रमा संस्थापक शेयरधनीहरुले शेयर खरिद गर्न चाहेमा तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय कार्यालय, कमलपोखरी, सम्पर्क गर्न आग्रह गरेको छ ।