वीर अस्पतालमा ८ सय ३१ कर्मचारी दरबन्दी थप (पत्र सहित)
१२ भदौ, काठमाडौं । नेपालको सबैभन्दा पुरानो तथा ब्यस्त अस्पताल वीरले ८ सय ३१ कर्मचारी दरबन्दी थप गरेको छ ।सरकारले संघ अन्तर्गत पुल दरबन्दीमा राखेर ९३ पदका लागि ८ सय ३१ थप गरेको हो।
स्वास्थ्य मन्त्रालयले तयार पारेको दरबन्दी थप गर्ने प्रस्तावलाई मन्त्रिपरिषद्को प्रशासन समितिबाट २१ असारमा पास भएको हो। सरकारले मन्त्रिस्तीय निर्णय गर्दै १२ औं तहको एक जना प्रमुख विशेषज्ञ पद थप गरेको छ।
त्यसैगरी, ११ औं तहको सहसचिव, प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिष्ट, प्रमुख कन्सल्टेन्ट इण्डोत्राइनोलोजिष्ट, प्रमुख कन्सल्टेन्ट चेष्ट डिजिज ९फिजिसियन० , प्रमुख कन्सन्ल्टेण्ट हेपाटोलोजिष्ट (फिजिसियन ), प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन , अर्थोपेडिक ( स्पाइन सर्जरी) (, प्रमुख सर्जन युरो सर्जन, थोरासिक सर्जरी, ग्याष्ट्रो इन्टेरो , न्युरो सर्जरी, डेन्टल सर्जन र प्रमुख अस्पताल नर्सिङ प्रशासक एक–एक जना दरबन्दी थप गरिएको छ।
त्यस्तै, ९–१० औं तहका लागि जनरल मेडिसिन, कार्डियोलोजी, नेफ्रोलोजी, ग्याष्टो इन्टेरोलोजी, इन्डोक्राइनोलोजी, चेष्ट डिजिजेज, जेरियाट्रिक मेडिसिन , र्युमाटोलोजी, हेमाटोलोजीका लागि दरबन्दी थप गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
५,६,७ औं तहका लागि ५६६ स्टाफ नर्स थप गरिएको छ।यो सँगै अब यसअघि वीरमा ६८७ जनामा ८३१ जनाको थप गरेर १५१८ दरबन्दी पुगेको छ।
त्यसैगरी, सरकारले वीर अस्पतालमा बेड संख्या बढाएर ९६६ पुर्याएको छ । यसअघि वीरले ४६० बेड मात्रै सञ्चालन गर्न स्वीकृत पाएको थियो।
यस्तो छ मन्त्रालयले तयार पारेको पत्र:






सम्बन्धित खबर
३८ घण्टादेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक खुलाउने प्रयास जारी
२७ मंसिर २०८२, शुक्रबार
लाभांश पारित गर्न गरिमा विकास बैंकले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?
२७ मंसिर २०८२, शुक्रबार
ग्रीन भेन्चर्स लिमिटेडले चैत ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने
२७ मंसिर २०८२, शुक्रबार
