नौ करोडको कोकिनसहित तीन विदेशी पक्राउ
काठमाडौं- प्रहरीले नौ करोड बराबरको लागुऔषध कोकिनसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । दुई किलो ९६६ ग्राम कोकिनसहित उनीहरुलाई प्रक्राउ गरिएको लागु औषध नियन्त्रण ब्यूरोले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
प्रहरीले दिएको जानकारीअनुसार भदौ ३ गते कतार एयरवेजबाट काठमाडौं आएकी अफ्रिकन नागरिक ३० वर्षकी श्रीले गामाले नेपालमा कोकिन ल्याएकी थिइन् । उक्त लागुऔषध लिन काठमाडौं आएका भारतका विजय सिंहलाई पनि प्रहरीले काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अर्का कारोबारी तान्जानीयाकी नागरिक गेरट्रुड लियोनार्द किमारोलाई भारततर्फ भाग्दै गरेको अवस्थामा सिन्धुलीबाट पक्राउ गरिएको छ ।
उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ भने १५ वर्ष जन्मकैद तथा पाँच देखि २५ लाखसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।
त्यसैगरी खैरो हिरोइनसहित काठमाडौंबाट सात जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजेन्द्र राना, पिटर लामा मन्दिप शर्मा, सागर श्रेष्ठ, अकलेश यादव, गोकुल तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी कतार लैजान लागेको अवस्थामा ८ सय ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन् ।
सम्बन्धित खबर
५ देखि ११ वर्षका लागि आइपुग्यो थप २३ लाख कोभिड खोप
१९ मंसिर २०८२, बिहीबार
आजदेखि अग्रिम टिकट बुकिङ, कहाँ जान कति भाडा ?(भाडादरकाे सूचीसहित)
१९ मंसिर २०८२, बिहीबार
‘ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र स्टक एक्सचेन्जमा सूचीकृत
१९ मंसिर २०८२, बिहीबार
