राष्ट्र बैंकले ३ अर्ब १३ करोडको ट्रेजरी बिक्री गर्दै
१३ भाद्र २०७८, आईतवार १३:५४
१३ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
बैंकले ९१ दिनको अवधिको लागि ३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल मंसिर १४ गते परिपक्क हुनेछ ।
राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल आज (भदौ १३ गते, आइतबार) दिउँसो ३ बजे बोलकबोल भएर पर्सी (भदौ १५ गते, मंगलबार) बिक्री हुनेछ ।
ट्रेजरी बिलको बारेमा अन्य विवरण यस प्रकारको छ :