नेपाल लाइफ र नेशनल मर्चेन्ट बैंकरबीच समझदारी पत्रमा हस्ताक्षर

अर्थतन्त्र BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

१३ भदौ, काठमाडौं । नेपालको जीवन बीमा व्यवसायमा अग्रणी रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त संस्था नेशनल मर्चेन्ट बैंकरको ५१ प्रतिशत संस्थापक शेयर खरिद गर्ने गरी समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेको छ ।

काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र नेशनल मर्चेन्ट बैंकरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नवीन बास्कोटाले सो समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल लाइफले उक्त शेयर खरिद गरेपछि सो कम्पनीको जारी एवं चुक्ता पूँजी ३० करोड हुने एक विज्ञप्तिमार्फत जनाएको छ ।

कार्यक्रममा दुबै कम्पनीका संचालक समितिका अध्यक्षहरु र सदस्यहरुको उपस्थित रहेको थियो । कार्यक्रममा नेपाल लाइफका नायब महाप्रबन्धक अमित कयालले नेपाल लाइफ इस्योरेन्सले आफ्नो लगानी इन्भेष्टमेन्ट बैंकर कम्पनीमा गर्न पाएकोमा खुसी व्यक्त गरे ।

 

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp