काठमाडौं प्रवेशको मुख्य नाका नागढुङ्गामा फेरि पहिरो, सडक खण्ड दुुईतर्फी नै बन्द
Heading1
BusinessSarokar
|
५ माघ २०८२, आइतबार
काठमाडौं – लगातारको वर्षाका कारण पहिरो खस्दा काठमाडौंसँगको मुख्य नाका नागढुङ्गा सडक खण्ड फेरि ठप्प भएको छ ।
अघि बिहान साढे ५ बजे नागढुङ्गा नजिकै चिसापानीमा पहिरो गएको प्रहरीले जनाएको छ । पहिरोका कारण अहिले दुुईतर्फी नै सडक बन्द भएको छ । सडक बन्द हुँदा काठमाडौं आउँदै गरेका रात्रि सेवाका बस र अन्य गाडीसहित यात्रु अलपत्र परेका छन् ।
हिजो पनि यही ठाउँमा पहिरो गएको थियो । तर पहिरो हटाएर हिजो दिउँसो १ बजेदेखि सडक खुलाइएको थियो । काठमाडौसँगको मुख्य नाका भएकाले यो सडक खण्ड भएर दैनिक हजारौं यात्रुु ओहोरदोहोर गर्दछन् । पहिरो पन्छाउन केहीबेरअघिबाट डोजर परिचालन गरिएको छ । पहिरो पन्छाउन कम्तिमा पनि दुई घण्टा लाग्ने प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
रातमा सुत्नु अघि बेसार- दूध किन पिउने ? यसो भन्छ नयाँ अनुसन्धानले
नोभेम्बर ८ देखि ३३ देशमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाउँदै अमेरिका
अधिक तरलता बैंकिङ क्षेत्रकै समस्या : राष्ट्र बैंकले ५० अर्ब माग्दा बैंकहरुले बुझाए एक खर्ब
