आजदेखि श्रीलंकन एयरलाइन्सको काठमाडौं–श्रीलंका सिधा उडान

Heading2 BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

काठमाडौं– श्रीलंकन एयरलाइन्सले आज (मंगलबार)देखि काठमाडौं–श्रीलंका सिधा उडान गर्ने भएको छ। एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता राजकुमार क्षेत्रीले बताए।

उक्त एयरलाइन्सले भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने इच्छा व्यक्त गरेको छ। एयरलाइन्सले भैरहवामा कम्तीमा एक उडान गर्नेछ। यो उडान दैनिक या सातामा भन्ने यकिन भइसकेको छैन।

नेपालका लागि आधिकारिक ट्राभल एजेन्सी जेनिथ ट्राभल प्रालिका अनुसार रोजगारीका लागि श्रीलंका जाने नेपालीलाई लक्षित गरेर उडान सुरु गरिएको बताए। उडानले अवस्था सामान्य भएपछि पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उनको विश्वास छ।

हाल एयरलाइन्सले साउदी अरेबिया, कतारको दोहा, माल्दिभ्स र दुबई उडान गरिरहेको छ। एयरलाइन्सले आगामी सेप्टेम्बरदेखि जापान, अस्ट्रेलिया र लन्डनमा पनि उडान सुरु गर्ने योजना बनाएको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp