गौरवका आयोजनाहरूमा ३ खर्ब ४९ अर्ब लगानी, समयमै पूरा भएको छैन उदाहरण
काठमाडौं – सडक, जलविद्युत्, सिँचाइ, विमानस्थल र खानेपानीलगायत २४ वटा राष्ट्रिय गौरवका आयोजनाहरूमा सरकारले हालसम्म ३ खर्ब ४९ अर्ब लगानी गरिसकेको छ ।
ती आयोजनामा यो रकम लगानी भइसक्दा हालसम्म माथिल्लो तामाकोशी जलविद्युत् आयोजना मात्रै सम्पन्न भएको छ । मेलम्ची खानेपानी आयोजना लगभग सम्पन्न भए पनि बाढीपहिरोका कारण क्षति हुँदा थप अन्योल देखिएको छ ।
गौरवका यी २ आयोजना बाहेक अन्य आयोजनाहरू लामो समयदेखि निर्माणाधीन अवस्थामा छन् । माथिल्लो तामाकोशी र मेलम्चीबाहेक गौतम बुद्ध अन्तर्राष्ट्रिय र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भने केही प्रगति देखिएको छ । यी ४ आयोजना बाहेक अन्य आयोजनामा उत्साहजनक प्रगति छैन ।
नेपालमा गौरवका आयोजनाहरू निर्धारित समयमै सम्पन्न भएका उदाहरण नै छैनन् । अर्थविद् सुमन शर्माले समयमा आयोजना सकिए मात्रै त्यसले दिने प्रतिफल राम्रो हुने तर्क गर्छन् । आर्थिक अभियान दैनिकबाट
सम्बन्धित खबर
मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकको संख्या झन्डै दुई करोड
१९ मंसिर २०८२, बिहीबार
स्टार्टअप कार्यविधि कार्यान्वयन तीन प्रतिशत ब्याजमा पच्चीस लाखसम्म कर्जा
१९ मंसिर २०८२, बिहीबार
इजरायल रोजगारीका लागि छानिए १६ सय जना
१९ मंसिर २०८२, बिहीबार
