प्रभु बैंकले ग्लोबल एकेडेमीका विद्यार्थीलाई ५ लाखसम्म शैक्षिक कर्जा दिने
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
१७ भदौँ, काठमाडौं । प्रभु बैंक र काठमाडौंको मण्डिकाटारस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन (गेट कलेज) बीच सो कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ।
बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र ‘गेट कलेज’ का तर्फबाट प्रमुख कार्यकारी अधिकृत खेमराज लकाईले कलेजमा आयोजित एक कार्यक्रममा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौता बमोजिम होटेल तथा पर्यटन विषय लिई उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई उक्त कलेजको सिफारिसमा प्रभु बैंकले आवश्यक प्रक्रिया पूरा गरी अधिकतम ५ लाख रूपैयाँसम्मको शैक्षिक कर्जा सुविधा उपलब्ध गराउनेछ । यो शैक्षिक कर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमा उपलब्ध हुनेछ ।
सम्बन्धित खबर
निक्षेपमा सुधार आउनासाथ बैंकहरूको कर्जा बढ्यो
१९ मंसिर २०८२, बिहीबार
नबिल बैंक ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१ बाट सम्मानित
१९ मंसिर २०८२, बिहीबार
कृषि विकास बैंकको ऋणपत्र रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल
१९ मंसिर २०८२, बिहीबार
