आइएमई जनरलले ४०% हकप्रद शेयर निष्काशन गर्ने, अनुमति माग गर्दै बोर्डमा दियो निवेदन
अर्थतन्त्र
BusinessSarokar
|
२३ पुष २०८२, मङ्गलबार
१८ भदौँ, काठमाडौंं । कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको हो । कम्पनीले बोनश शेयर वितरण पछि कायम चुक्ता पूँजीको ४० प्रतिशत (१०ः४) का दरले हकप्रद शेयर जारी गर्नका लागि बिहिबार नियमक निकाय नेपाल घितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।
हकप्रद शेयर निष्काशनका लागि बीमा समितिबाट तथा कम्पनीको २३औं वार्षिक साधारण सभाले स्वीकृत गरिसकेको छ । अब नेपाल धितोपत्र बोर्डबाट स्वीकृति आएपछि कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नेछ ।
सम्बन्धित खबर
भोलिबाट दशैंका लागि नयाँ नोट साट्न पाइने
प्रत्येक महिना कम्तीमा १० प्रतिशत बजेट खर्च गर्नुपर्ने नीति बनाइरहेकाे छु : मन्त्री शर्मा
गभर्नरलाई पत्र: लगानीकर्ता प्रति तपाई किन यति कठोर, निर्दयी, निर्मम र गैर जिम्मेवार बन्दै हुनुहुन्छ?
