मौसम: तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना
काठमाडौं- नेपालमा फेरि मनसुन सक्रिय बनेको छ । हाल देशभर आंशिकदेखि सामान्य वदली रही प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज (आइतबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, वागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागले आग्रह गरेको छ ।
सम्बन्धित खबर
मिड सोलु हाइड्रोपावरको जेसीबीमाथि अज्ञात समूहद्वारा आगजनी
१९ मंसिर २०८२, बिहीबार
ब्याज वृद्धिको निर्णबाट ब्यबसायी मारमा स्थगन गर्न महासंघको आग्रह
१९ मंसिर २०८२, बिहीबार
सानिमा माई हाइड्रोपावरको विद्युत विक्री आम्दानी पहिलो त्रैमाससम्म करिब ३३ करोड
१९ मंसिर २०८२, बिहीबार
