माछापुच्छ्रे बैंकको थप ७ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
२० भदौँ, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ७ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले गोरखा जिल्लाको पालुङ्गटार नगरपालीका ६, काठमाण्डौँ जिल्लाको कीर्तिपुर नगरपालीका मैत्रिनगर, नुवाकोट जिल्लाको लिखु गाउँपालिका २ थानसिंह, चितवन जिल्लाको रत्ननगर नगरपालिका ५, जुवाली, चितवन जिल्लाकै रत्ननगर नगरपालिका १६ खैरेटी, कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका ३, खरेन्द्रपुर, सिराहा जिल्लाको सुखिपुर नगरपालीका २ छजनाचोक मा गरि जम्मा ७ स्थानमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ्ग सेवा प्रदान गर्ने उद्धेश्यले बैंकले शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
सम्बन्धित खबर
एनएमबि बैंकको तीज लक्षित अफर
१९ मंसिर २०८२, बिहीबार
कृषि विकास बैंक विदेशी मुद्राको बैंक खाता सञ्चालनमा ल्याउने तयारीमा
१९ मंसिर २०८२, बिहीबार
गरिमा विकास बैंकदारा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न
१९ मंसिर २०८२, बिहीबार
