रोल्पामा घर भत्किँदा बालिकासहित दुई जनाको मृत्यु, दुई घाइते
Heading3
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
रोल्पा- रातभरि परेको अविरल वर्षाका कारण घर भत्किँदा रोल्पामा दुई जनाको ज्यान गएको छ । रोल्पा प्रहरीका अनुसार रोल्पा नगरपालिका– १० धवाङको बाम्लामा मध्यराति पूर्णबहादुर थापाको घर भत्किँदा करिब ५ वर्षीया बालिका र ७० वर्षीया गौरी थापाको मृत्यु भएको हो ।
घर भत्किँदा अन्य दुई जना सामान्य घाइते भएका छन् भने अन्य दुई घरमा पनि सामान्य क्षति पुगेको रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीले बताए । सुवेदीका अनुसार उद्धारका लागि प्रहरी राति नै घटनास्थल पुगिसकेको छ ।
त्यस्तै सुनिल ४ सुलिचौरमा पार्किङ गरेर राखेको रा १ ख २०६८ नम्बरको बस फगाम खोलाले बगाएको छ । बस खोजीका लागि प्रहरी परिचालन गरिएको छ । स्थानीयका अनुसार उक्त बस विद्यालयको हो ।
सम्बन्धित खबर
सहकारी ठगी मुद्दामा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई पुन: पोखरा लैजाने तयारी
१९ मंसिर २०८२, बिहीबार
धितोपत्र कारोबारमा ‘एओएन’को प्रावधान हट्यो
१९ मंसिर २०८२, बिहीबार
कुन बैंकको कर्जाको ब्याजदर कति ?
१९ मंसिर २०८२, बिहीबार
